रवि लामिछानेले भने– अहिले १०० रुपैयाँमा ७० रुपैयाँ तलबमै सकिन्छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बजेटको अधिकांश रकम तलबमै सकिने गरेको बताएका छन् । बुधवार संसदलाई सम्बोधन गर्दै उनले ०४७ पछि बजेटको ठुलो हिस्सा तलबमा सकिने गरेको बताएका हुन् । उनले दलका नेताहरूले यो गरेँ र उ गरेँ भनेर संसदमा छेडखानी गरेको सुनेको उल्लेख गर्दै त्यसको कुनै औचित्य नभएको समेत बताए ।
‘यहाँ पूर्वप्रधानमन्त्रीहरुले दलका नेताहरूले एक अर्कालाई छेडखानी गरेको सुनियो । तपाईँहरुले ३० वर्ष के गर्नुभयो भनेर बुझ्न कान्ति बाल अस्पताल जानुहोला । गरिब विद्यार्थी बढेको विद्यालय जानुहोला ’, उनले चुनौती दिँदै भने, ‘यो ३० वर्षमा भयो के भने, आजभन्दा ३० वर्ष अगाडि हाम्रो बजेटमा १०० रुपैयाँमा ३० रुपैयाँको तलब खुवाउँदो रहेछौँ । ७० रुपैयाँ विकास गर्दो रहेछौँ । अहिले ठ्याक्कै उल्टो तपाईँहरुले दबी गर्नुभयो नि यसो गर्यौँ उसो गर्यौँ भनेर ७० रुपैयाँको तलब खुवाउने र ३० रुपैयाँ बजेटमा खर्च गर्ने होइन छुट्ट्याउने रहेछौँ ।’
यो ३० वर्षको मूल्यांकन गर्दा सांसद भएर एक अर्कालाई छेडखानी गर्नुको औचित्य नभएको उनले दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
-
विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा ३ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण