पुराना दलका नेताहरूलाई रवि लामिछानेले दिए चिया खान आउने निम्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलका नेताहरूलाई आफ्नो र आफ्ना पार्टीका नेता तथा सांसदहरूको घरमा चिया खान आउन निम्ता दिएका छन् । संसदलाई पुराना दलका नेताहरूले दुरुपयोग गरेको दाबी गर्दै लामिछानेले जनताले आशा गरेर हेरिएको संसदलाई त्यसको दुरुपयोग नगरिदिनु अनुरोध गरे ।
‘यो ३० वर्षको मूल्याङ्कन गर्दा तपाईँहरूले संसदमा उभिएर एक अर्कालाई छेडखानी गर्नुपर्दैन । यस्तो कुरा घरमा चिया खाएर गर्दा हुन्छ’, बुधवार संसदमा बोल्दै लामिछानेले भने, ‘नेपाली जनताले आशा गरेर हेरिएको संसदलाई त्यसको दुरुपयोग नगरिदिनु अनुरोध गर्छु ।’ उनले अगाडि भने, ‘चिया खाने ठाउँको अभाव छ भने हामी नयाँ नेताहरूको घरमा आउनुस्, केही फरक पर्दैन । तपाईँहरुकैमा जानुपर्छ भन्ने छैन । अब चिया खाने थलो परिवर्तन गर्नुस् । चिया खाने थलोमा भर्खरै आएका सांसदहरूलाई पनि भेटघाट गर्नुस् । नयाँ दलहरूसँग पनि भेटघाट गर्नुस्, त्यसरी गरे राम्रो अभ्यास बस्छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण