ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानीको मुद्दा हाल्दै छु : प्रवक्ता ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानीको मुद्दा हाल्ने बताएका छन्। रास्वपा प्रवक्ता ढकाल र उपसभापति डीपी अर्यालले झन्डै ३ करोड रुपैयाँ लिएर आफूलाई समानुपातिक सांसद बनाएको श्रेष्ठले आरोप लगाएका थिए ।
उक्त आरोपले आफुहरुको मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याएको भन्दै श्रेष्ठविरुद्ध अदालतमा मानहानीको मुद्दा हाल्ने प्रवक्ता ढकालले सामाजिक सञ्जालमार्फत बताए । ‘केही सञ्चारमाध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ’, प्रवक्ता ढकालले भने ।
उनले अगाडि लेखेका छन्, ‘यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ। यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ। यसबाट हामीले हाम्रो मानहानि भएको महसुस गरेको हुँदा अदालतमा मानहानिको मुद्दा दर्ता गर्दै छौँ।’
आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गर्ने प्रवक्ता ढकालको भनाइ छ । आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावि गरि मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ, उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण