बीएमडब्लूको सेडान सिरिज – चालकको हेराइबाटै लेन परिवर्तन गर्न सकिने
काठमाडौँ । बीएमडब्लूले आज सार्वजनिक गरेको ५औं सिरिजको गाडी चालकले आँखाबाट आफ्नो लेन परिवर्तन गर्न सकिने दाबी गरिएको छ । जर्मनीको कार निर्माता बीएमडब्लूले आफ्ना पाँचौँ पुस्ताको कार ‘सेडान’को लेन परिवर्तन गर्न चालकको आँखाको हेराई नै काफी हुने बताएको हो ।
समाचार संस्था सीएनएनका अनुसार सेडान चालकले हाइवेमा स्टेरिङ नचलाएरै लेन परिवर्तन सक्छ । पछिल्लो समय विश्वभरका कार निर्माणले आफ्नो नयाँ उत्पादनमा विभिन्न प्रकारका सुविधा थप्दै आइरहेका छन् । जसमा बीएमडब्लूले आँखाको हेराइबाटै लेन क्रस गर्न मिल्ने सुविधा थपेको हो ।
स्वचालितरुपमा लेन परिवर्तन गर्न धेरै प्रकारका प्रणाली राखिएको छ । तर, सवारी चालकहरूले परिवर्तन सिग्नलको सल्लाहबमोजिम लेन परिवर्तन गर्न सक्ने बताइएको छ । यो गाडीको स्वचालित प्रणालीले लेन परिवर्तन भनेमा चालकले हेर्नसाथ परिवर्तन हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण