चेल्सीलाई हराउँदै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा
काठमाडौं । म्यानचेस्टर युनाइटेडले आगामी सिजनको युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । इङ्लिस प्रिमियर लिगको बिहीबार राति खेलिएको खेलमा चेल्सीलाई ४—१ गोलले हराउँदै म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।
इङ्लिस प्रिमियर लिगबाट च्याम्पियन्स लिगमा सहभागिता जनाउने ४ वटै टोलीको टुंगो लागेको छ । प्रिमियर लिगको उपाधि जितिसकेको म्यानचेस्टर सिटी, दोस्रो स्थानमा आसिन आर्सनल, तेस्रो स्थानमा आसिन म्यानचेस्टर युनाइटेड र चौथो स्थानमा आसिन न्युक्यासल च्याम्पियन्स लिगमा छनोट भएका हुन् ।
जारी सिजनको प्रिमियर लिगमा अब सबै टोलीले १÷१ खेल खेल्न बाँकी छ । म्यानचेस्टर सिटीको ८९, आर्सनलको ८१, म्यानचेस्टर युनाइटेडको ७२ र न्यूक्यासलको ७० अंक छ । तालिकाको पाँचौं स्थानमा आसिन लिभरपुलको ६६ अंक छ ।
प्रिमियर लिगबाट च्याम्पियन्स लिगमा ४ वटा टोली छनोट हुने प्रावधान छ । लिभरपुल र तालिकाको छैटौं स्थानमा आसिन ब्राइटन भने आगामी सिजनको युरोपा लिगको समूहगत चरणका लागि छनोट भएका छन् ।
घरेलु मैदानमा बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडका लागि कासेमिरो, एन्थोनी मार्सल, ब्रुनो फर्नान्डेज र मार्कुस रासफोर्डले १÷१ गोल गरेका थिए । चेल्सीका लागि भने एकमात्र गोल खेलको अन्त्यतिर फेलिक्सले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण