बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
अदालतमा बालकृष्ण–टोपबहादुरलगायतलाई उपस्थित गराइँदा जे देखियो (तस्बिरहरु)

अदालतमा बालकृष्ण–टोपबहादुरलगायतलाई उपस्थित गराइँदा जे देखियो (तस्बिरहरु)

शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादीहरुको बयान सुरु हुने तय भएसँगै प्रहरीले अभियुक्तहरुलाई अदालतमा उपस्थित गराएको छ । 

प्रहरीले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतलाई अदालतमा उपस्थित गराएको हो । 

यद्यपि काठमाडौँ जिल्ला अदालतमा आज पहिलो दिन भने न्यायाधीशसमक्ष दुई जनाको मात्रै बयान हुने भएको छ ।  आज पहिलो दिन केशव दुलाल र सागर राईको बयान भइरहेको हो।  

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न ३० जनाविरुद्ध बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया