आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उज्वेकिस्तानलाई हराउँदै भारत फाइनलमा

शुक्रबार, १२ जेठ २०८०, १६ : २१
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । भारतीय टोली काठमाडौँमा जारी एनएससी—काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको सेमिफाइनल खेलमा उज्वेकिस्तानलाई २५—१७, २५—२०, २५—१५ अंकले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

अब भारतले फाइनलमा दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ । दोस्रो सेमिफाइनल खेल शुक्रबार साँझ नेपाल र कजाकिस्तानबीच हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप