केरालाई छिट्टै बिग्रन नदिन के गर्ने ?
केरा एउटा यस्तो फल हो, जुन सजिलै हरेक ठाउँमा पाइन्छ । यसलाई स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ, त्यसैले यसलाई सुपरफुडको श्रेणीमा पनि राखिएको छ । यदि तपाईंले हरेक दिन एउटा केरा खानुभयो भने तपाईंको स्वास्थ्य राम्रो हुन्छ र तपाईं दिनभर ऊर्जाले भरिपूर्ण रहनुहुनेछ । यो सबै वर्गका मानिसहरूले यसलाई सजिलै आफ्नो आहारमा समावेश गर्न सक्छन् । तर, गर्मीमा केराको एउटा समस्या के छ भने यो छिट्टै कालो हुन्छ । यस्तो अवस्थामा यदि तपाईंले यसलाई खरिद गर्दा केही कुराहरूलाई ध्यानमा राख्नुभयो र यसलाई घरमा राम्रोसँग भण्डार गर्नुभयो भने लामो समयसम्म ताजा राख्न सकिन्छ । यसको तरिकाबारे जानकारी लिऔँ ।
झुन्डाएर राख्नुहोस्
केरालाई लामो समयसम्म ताजा राख्न चाहनुहुन्छ भने टेबल वा कुनै सतहमा राख्नुको सट्टा यसलाई कतै झुन्ड्याउनुहोस् । यसका लागि केराको डाँठमा धागो बाँधेर कतै झुन्ड्याउनुहोस् । यसो गर्दा केरा चाँडै पाक्दैनन् ।
भिनेगरले धुनुहोस्
केरालाई छिट्टै बिग्रनबाट जोगाउन तपाईं भिनेगर पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि एउटा ठुलो भाँडोमा पानी भर्नुहोस् र त्यसमा केही चम्चा भिनेगर हाल्नुहोस् । अब त्यसमा केरा डुबाएर बाहिर निकालेर झुन्ड्याउनुहोस् ।
एयर टाइट भाँडाको प्रयोग
केरा धेरै दिनको लागि भण्डारण गर्न चाहनुहुन्छ भने, त्यसलाई एयर टाइट प्लास्टिकको झोलामा राख्नुहोस् र फ्रिजमा राख्नुहोस् । यसरी तपाईं केरालाई एक महिनाको लागि भण्डारण गर्न सक्नुहुन्छ । प्रयोग गर्नु भन्दा आधा घण्टा पहिले यसलाई डिफ्रोस्ट गर्नुहोस् ।
केराको डाँठलाई प्लास्टिकले बेर्नुहोस्
केरालाई कुहिनबाट जोगाउन प्रत्येक केरालाई डाँठसमेत छुट्टाउनुहोस् । त्यसपछि प्रत्येक केराको डाँठमा प्लास्टिकले बेर्नुहोस् । यसो गर्दा केरा पाक्ने प्रक्रिया स्लो हुन्छ । वास्तवमा यसबाट निस्कने एथिलिन ग्यास कम मात्रामा निस्कन्छ जसका कारण केरा ४–५ दिनसम्म फ्रेस हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण