आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रमको शैली परिवर्तन गर्नुपर्छ : महामन्त्री शर्मा

शनिबार, १३ जेठ २०८०, १७ : २४
शनिबार, १३ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले नीति तथा कार्यक्रमको शैलीमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । शनिबारको संसद् बैठकमा बोल्दै महामन्त्री शर्माले यो कार्यक्रम बिरालो बाँध्ने परम्परा धान्ने खालको नीति तथा कार्यक्रमको शैली नै परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

उनले जनताको माझमा प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रम आलोच्य भइसकेको समेत बताए । प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रम पुरानो शैलीको भएकाले जनताको अवस्था बदल्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्ने शर्माको भनाई छ । पुरानो शैलीको यस प्रकारको नीति तथा कार्यक्रमलाई अन्तिम बनाउनुपर्ने बताउँदै उनले भने, ‘नीति तथा कार्यक्रमलाई चैत महिनामै ल्याउनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप