संसदमा प्रधानमन्त्रीको सम्बोधन
नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवासमा पुग्यो पत्र
शनिबार, १३ जेठ २०८०, २० : ५९

काठमाडौँ । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शीतल निवासमै होल्डमा रहेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि पत्राचार गरिसकिएको प्रधानमन्त्री प्रचण्डले शनिबारको संसद बैठकलाई जानकारी गराए ।
‘नागरिकता विधेयकबारे विगतको विवरणसहित क्याबिनेटले राष्ट्रपतिसमक्ष त्यसलाई प्रमाणीकरणका निम्ति अनुरोध गर्ने निर्णय गरेको छ । र, त्यो पत्र राष्ट्रपतिकोमा पुगेको छ । मलाई विश्वास छ राष्ट्रपतिले यसलाई प्रमाणीकरण गरेर नागरिकतासम्बन्धी विगतमा हामीले जे दुबै सदनबाट पारित गरेर पठाएका थियौँ त्यो समस्याको यो पटक समाधान हुन्छ’, प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी