नीति तथा कार्यक्रममाथिको संशोधन कसले फिर्ता लिए, कसको अस्वीकृत भयो ?
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि परेका प्रतिपक्षी दलका सांसदहरुको संशोधन अस्वीकृत भएका छन् । सत्ता पक्षका सांसदले भने संशाधेन फिर्ता लिएका छन् । आर्थिक वर्ष २०८०–०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनहरु शनिबारको प्रतिनिधिसभा बैठकमा सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुअघि फिर्ता लिन समय दिँदा सत्ता पक्षका सांसदले फिर्ता लिएका हुन् ।
तर, प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका जनमोर्चाका सांसद चित्रबहादुर केसी र प्रतिपक्षी दलका अरु सांसदहरुले फिर्ता लिन नसकिने जानकारी गराएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भयो । नीति तथा कार्यक्रममाथि भएको छलफलपछि प्रधानमन्त्री प्रचण्डले सदनमा उठेका प्रश्नहरुको जवाफ दिएसँगै संशोधनमाथि सदनमा निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
संशोधन फिर्ता लिने सांसदहरु
श्यामकुमार घिमिरे, दिलेन्द्र प्रसाद बडू, गंगाराम चौधरी, रामप्रकाश चौधरी,
संशोधन फिर्ता नलिने सांसदहरु
चित्रबहादुर केसी, चन्दा कार्की भण्डारी, एकनाथ ढकाल, बासुदेव घिमिरे, सूर्यबहादुर क्षेत्री थापा, नारायणप्रसाद आचार्य, शोभिता गौतम, जुली कुमारी महतो महासेठ, भगवती चौधरी, ज्वालाकुमारी शाह, प्रेम सुवाल, दयाल बहादुर शाही, दामोदर पौडेल बैरागी, महेश कुमार बर्तौला, सूर्यप्रसाद ढकाल, सुमना श्रेष्ठ,
यसैबीच शनिबार नै सरकारको नीति तथ कार्यक्रम बहुमतले पारित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण