शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकारको मागबारे गृहमन्त्रीलाई ध्यानाकर्षण

आइतबार, १४ जेठ २०८०, ११ : ३७
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी भ्रष्टाचार, दण्डहीनता, अनियमितता लगायत विषय अन्त्य गर्न माग गरेको छ । सङ्घका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले सिंहदरबार उनको कार्यकक्षमा भेट गर्दै भ्रष्टाचार न्यूनीकरणका लागि मन्त्रालयले थप कडाइ गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

सङ्घले आफ्नो परिचय पत्रवाहक कलाकारहरूलाई सिंहदरबार लगायतका प्रशासनिक केन्द्रहरू प्रवेशमा सहजता दिन माग समेत गरेको छ ।

‘उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँगको भेटमा हामीले धापासीस्थित नेपाल चलचित्र कलाकार सङ्घको नाममा रहेको जग्गा उपभोगको लागि अनुरोध गरेका छौँ । विशिष्ट चलचित्रकर्मीहरू लगायत प्रबुद्ध नागरिक र जनसाधारणले जम्मा गरेको अर्बौँ रकम सिभिल सहकारीमा रकम अपचलन गरेकामा सो रकम सम्बन्धित पीडितलाई फिर्ता गराउन अनुरोध पनि समेत गरेका छौँ,’ कलाकार सङ्घका अध्यक्ष निरौलाले भने ।

भेटमा श्रेष्ठले मुलुकको सुशासन र विकासको लागि बाधक तत्त्वका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको बताएका थिए । उनले कलाकारलाई सुविधा तथा सहुलियत उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको समेत बताएको अध्यक्ष निरौलाको धारणा थियो ।

भेटमा कलाकार सङ्घकी संरक्षक वसुन्धरा भुसाल, दिनेश डी.सी, विशिष्ट कलाकार भुवन चन्द, चत्यदेवी सिंह, सरिता लामिछाने, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्य चेतन सापकोटा, सङ्घका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष कविता गेलाल, उपाध्यक्ष शिवहरि नेपाल (वैरागी ), महासचिव सविन श्रेष्ठ, सचिव रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटुवाल, सह कोषाध्यक्ष, पवित्रा आचार्य र केन्द्रिय सदस्यहरु  गोपाल ढकाल (छन्दे ), उद्धव भट्टराई, पवन खतिवडा, पुकार भट्टराई, सरिता राजोपाध्याय र नम्रता खरेल सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप