प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे शीर्ष नेताहरूसँग सुझाव लिँदै
आइतबार, १४ जेठ २०८०, १५ : १२
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न भारत भ्रमणका विषयमा पूर्व प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरूसँग सुझाव लिइरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा के कस्ता एजेन्डा उठाउने भन्ने विषयमा सुझाव लिइरहेका छन् ।
प्रचण्डसँगको भेटमा कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,नेपाल समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायत नेताहरू सहभागी छन् ।
यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठ लगायत नेताहरू सहभागी छन् । प्रचण्ड जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जाँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयका कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो/भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने (आचारसंहिताको पूर्णपाठ)
-
फ्रान्ससँग भिडन्त अगाडि मोरक्कोलाई ठुलो धक्का
-
ठूला नदीमा बहाव सामान्य, साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम
-
गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण