आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सम्बन्धी जनशक्ति ५.२ प्रतिशतले बढ्यो

आइतबार, १४ जेठ २०८०, २० : ५७
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । सरकारले देशमा स्वास्थ्य सम्बन्धी जनशक्ति ८ महिनाको अवधिमा ५.२ प्रतिशतले बढेको जनाएको छ ।

आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै २०७९ असारको तुलनामा २०७९ फागुनसम्म सरकारी स्वास्थ्य सेवामा रहेका स्वास्थ्य जनशक्तिको संख्या ५.२ प्रतिशतले बढेको जनाएका हुन् ।

अर्थमन्त्री महतले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रति हजार जनसंख्यामा एक चिकित्सक हुनुपर्ने न्यूनतम मापदण्ड रहे पनि नेपालमा प्रतिहजार जनसंख्यामा १.१५ चिकित्सक र २.५४ नर्स रहेको जनाएका छन् ।

यद्यपि उत्पादित स्वास्थ्य जनशक्ति देशमै खपत नहुनु, उत्पादित जनशक्तिको समान वितरण हुन नसक्नु र सिप मिश्रित दक्ष जनशक्ति उत्पादन न्यून हुनु चुनौतीको रुपमा रहेको उनले बताए ।

graphics - 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप