सिकलसेल र थालसेमिया रोगबारे जानकारी गराउँदै स्थानीय सरकार
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले बंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र थालेसेमियाबारे गाउँ–गाउँमा चेतना जगाउन सुरु गरेको छ । थारु समुदायमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि गाउँ–गाउँ पुगेर उक्त रोगबारे जानकारी दिइएको नगरपालिकाले जनाएको छ । चिकित्सक, जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोली गाउँ–गाउँमा पुगेर सिकलसेल एनिमिया र थालेसेमिया रोग , यसले पार्ने अल्पकालीन तथा दीर्घकालीन समस्या, थारु समुदायमा रोगको असर र नियन्त्रणलगायत विषयमा समुदायलाई सचेत बनाउने काम गरिरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिए ।
उक्त नगरपालिकाले सिकलसेलको जाँच निःशुल्क गर्दै आएको र अहिलेसम्म करिब १५ हजार ब्यक्तिमा जाँच गरिसकेको छ । तीमध्ये एक हजार बढी वाहक र एक सय बढी रोगी देखिएका नगरपालिकाका ल्याव प्रमुख शिव गौतमले जानकारी दिए । पालिकाले थारु बस्ती तथा टोल टोलमा सो रोगबारे सचेतना फैलाउने काम गरिरहेको उनको भनाइ थियो ।
सिकलसेल एनिमिया विज्ञ डा.राजन पाण्डे, कोहलपुर नेपालगन्ज मेडिकल कलेजका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा.प्रज्ञा गौतम घिमिरे, नेपाल सिकलसेल समाजका अध्यक्ष प्रभु चौधरीलगायत विज्ञ टोलीले ती रोगबारे प्रशिक्षण दिँदै आएको छ । नगरप्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सिकलसेल एनिमिया र थालेसेमिया बंशाणुगत रोग भएकाले यसको नियन्त्रणका लागि स्थानीय तहले जनचेतनामूलक कार्यक्रम सुरु गरेको बताए ।
उनले ल्याव परीक्षणबाट मात्रै रोगलाई नियन्त्रण गर्न सकिनेमा जोड दिदै कोहलपुरको नगर अस्पतालमा आएर निःशुल्क जाँच गर्न स्थानीयलाई आग्रह गरे । जिल्लामा पछिल्लो समय यसका विरामीको संख्या बढदै जान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण