शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो ५० लाखभन्दा बढी कमाउनेले तिर्नुपर्ने आयकरको सीमा

सोमबार, १५ जेठ २०८०, २० : २०
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले वार्षिकरुपमा ५० लाख रुपैयाँभन्दा धेरै कमाउने व्यक्तिले तिर्नुपर्ने आयकरको सीमा बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले ५० लाखभन्दा धेरै कमाउने व्यक्तिले तिर्नुपर्ने आयकरको सीमा बढाएको हो ।

यस्तै, सूचना प्रविधिमा बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङ जस्ता सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा पचास प्रतिशत छुटको घोषणा भएको छ । 

नेपालमा विद्युतीय सेवा बिक्री गर्ने गैरबासिन्दा व्यक्तिलाई करको दायरामा ल्याउन सम्वत २०८० साल जेठ मसान्तसम्मको मूल्य अभिवृद्धि कर सम्वत २०८० साल असार २५ गतेसम्म दाखिला गरेमा सोमा लाग्ने सुल्क, व्याज र थप दस्तुर मिनाहा हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप