कैलालीमा मिटरब्याजीविरुद्ध २४४ उजुरी दर्ता
मङ्गलबार, १६ जेठ २०८०, ०६ : २९
धनगढी । कैलालीमा मिटरब्याजी विरुद्ध दुई सय ४४ उजुरी परेका छन्। सरकारले मिटरब्याजी विरुद्ध उजुरी दिन आह्वान गरेपछि दुई सय ४४ मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन्।
उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्ने माथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने बताइएको छ। मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको र ऋण तिरे पछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि त्यस विरुद्ध पीडितले प्रशासनमा उजुरी दर्ता गएका हुन्।
सरकारले अध्यादेशमार्फत अनुचित लेनदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण