प्रधानन्यायाधीश लगायतका नियुक्तिका लागि सुनुवाइ छिटो गर्नुपर्नेछ : सभामुख घिमिरे
मङ्गलबार, १६ जेठ २०८०, ०९ : ३३
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइको काम छिटो अघि बढाउनुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकमा संवोधन गर्दै उनले संवैधानिक परिषद्बाट सिफारिस सर्वोच्चका प्रधानन्यायाधीश लगायतको सुनुवाइको काम ढिलाइ भएको बताए ।
सभामुख घिमिरेले भने –‘विभिन्न कारणले समिति गठनमा ढिलाइ हुँदा लामो समयदेखि सुनुवाइ हुन बाँकी छ । बैशाख २७ गतेबाट चिठी आएर प्रधानन्यायाधीशको सुनुवाइ रोकिएको छ । संसदीय सुनुवाइको क्रममा यहाँहरूको दृष्टिकोणबाट महत्त्वपूर्ण निर्णयहरू हुन सक्नेछ भन्ने अपेक्षा लिएको छु ।’
उनले समितिका सदस्यहरू राजनीतिमा धेरै हिसाबले खारिएका, अहिलेको व्यवस्था ल्याउन भूमिका खेल्ने परिपक्व, पाको र जिम्मेवार सांसदहरू रहेको बताउँदै आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण