सार्वजनिक ऋणको ब्याज तिर्न सरकारले छुट्यायो १ खर्ब ५ अर्ब रुपैयाँ
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सार्वजनिक ऋणको ब्याज भुक्तानीका लागि मात्र १ खर्ब बढी बजेटको व्यवस्थापन गरेको छ ।
आन्तरिक र बाह्य ऋणको ब्याज खर्च बापत सरकारले कूल १ खर्ब ५ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ छुट्याएको हो ।
सरकारको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आन्तरिक र बाह्य गरी कूल २० खर्ब ८० अर्ब रुपैयाँ सार्वजनिक ऋण पुगेको छ ।
तर, आगामी आर्थिक वर्षका लागि ४ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको घाटाको बजेट ल्याएको सरकारले अपुग खर्च सार्वजनिक ऋण तथा आर्थिक सहायताबाटै जोहो गर्ने बताएको छ । यसले थप सार्वजनिक ऋणको आकार बढ्ने स्पष्ट छ ।
यहीँ बाध्यतालाई मनन गर्दै सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋणको ब्याज, सेवा शुल्क तथा बैंक कमिसनका लागि ९३ अर्ब २३ करोड रुपैयाँ र बाह्य ऋणको ब्याज भुक्तानीका लागि १२ अर्ब १५ करोड ५८ लाख रुपैयाँ छुट्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण