अर्थमन्त्रीले गरे सांसद विकास कोषलाई छुट्याइएको रकमको बचाउ
मङ्गलबार, १६ जेठ २०८०, १५ : ३२
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटबाट सांसद विकास कोषलाई छुट्याइएको रकमको बचाउ गरेका छन् । मंगलबार अर्थ मन्त्रालयका बजेट भाषणपछिको पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री डा. महतले सांसद विकास कोषलाई विनियोजित बजेटको बचाउ गरेका हुन् ।
‘सबै निर्वाचन क्षेत्र १६५ ठाउँमै बजेट जाओस् भनेर यो रकम विनियोजन गरेको हो,’ उनले भने, ‘र, यो राख्दा सांसदको भूमिका सिफारिस गर्ने मात्र हुन्छ ।’ उनले जनताबाट चुनेर आएका प्रतिनिधिले सिफारिस गर्न पनि अपराध भएजस्तो मान्न नहुने बताए ।
अर्थमन्त्री डा. महतले सांसद विकास कोषमार्फत खर्च हुने रकम ठेक्कामार्फत हुने र सम्बन्धित मन्त्रालयले नै ठेक्का लगाउने व्यवस्था रहेको समेत बताए ।
‘पहिलाजस्तो आफ्नै समिति बनाएर बाँड्ने रकम होइन,’ उनले थपे, ‘यसबारे धेरैले शङ्का गरेका छन् । यसबारे म प्रष्ट पार्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण