बसले कारलाई ठक्कर दिँदा डा. सञ्जु खड्कासहित दुई जनाको मृत्यु
मङ्गलबार, १६ जेठ २०८०, २० : ३६
कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ ।
दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र सुर्खेतको वीरेन्द्रनगरकी अन्दाजी ५४ वर्षीया डा सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । खड्का कर्णाली प्रदेश अस्पतालका कार्यकारी निर्देशक डा. डम्बर खड्काकी श्रीमती हुन् । प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण