लिबर्टी कलेजका कामदार इनारमा मृत फेला
बुधबार, १७ जेठ २०८०, १२ : ०९
काठमाडौँ । लिबर्टी कलेजका एक कामदार त्यहाँ रहेको इनारमा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका-२९ अनामनगर भाटभटेनीस्थित कलेजको भवनभित्र रहेको इनारमा भक्तपुर नगरपालिका-५ भेलुखेत घर भई हाल काठमाडौँ टेकु बस्ने ४० वर्षीय राम देउला मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
उता झापाको दमक नगरपालिका-१ बरगाछी टोल बस्ने ६४ वर्षीय भीम बहादुर एक्तेन सोही ठाउँस्थित आँखा शिविर अस्पताल अगाडि मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१८ डाँडागाउँ भन्ने स्थानमा रहेको पुल मुनी सोही ठाउँ बस्ने ४५ वर्षीय बिक्रम गुरुङ बुधबार मृत अवस्थामा फेला परेका छन् । घटनाहरूबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण