शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लिबर्टी कलेजका कामदार इनारमा मृत फेला

बुधबार, १७ जेठ २०८०, १२ : ०९
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । लिबर्टी कलेजका एक कामदार त्यहाँ रहेको इनारमा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका-२९ अनामनगर भाटभटेनीस्थित कलेजको भवनभित्र रहेको इनारमा भक्तपुर नगरपालिका-५ भेलुखेत घर भई हाल काठमाडौँ टेकु बस्ने ४० वर्षीय राम देउला मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

उता झापाको दमक नगरपालिका-१ बरगाछी टोल बस्ने ६४ वर्षीय भीम बहादुर एक्तेन सोही ठाउँस्थित आँखा शिविर अस्पताल अगाडि मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१८ डाँडागाउँ भन्ने स्थानमा रहेको पुल मुनी सोही ठाउँ बस्ने ४५ वर्षीय बिक्रम गुरुङ बुधबार मृत अवस्थामा फेला परेका छन् । घटनाहरूबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप