शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरण : गोविन्द चौधरीको बयान सकियो

बुधबार, १७ जेठ २०८०, १६ : ४८
बुधबार, १७ जेठ २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार गोविन्द चौधरीको बयान लिइएको छ । बुधबार काठमाडौं जिल्ला अदालतमा तीन प्रतिवादीको बयान लिन सुरु गरिएकोमा चौधरीको बयान चाँडै सकिएपछि थप एक प्रतिवादीसँग बयान लिन सुरु गरिएको छ भने अन्य दुई जनासँग बयान लिने क्रम जारी छ ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिँदै चौधरीले आफू पनि यो प्रकरणमा पीडित रहेको बताएका छन् । आफूले समेत अमेरिका जान भन्दै रकम बुझाएको र नक्कली शरणार्थी प्रकरणमा संलग्न अन्य एक प्रतिवादीसँग आर्थिक कारोबार गरेकै आधारमा आफूलाई प्रतिवादी बनाइएको उनको गुनासो थियो ।

न्यायाधीश न्यौपानेको इजलासमा सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारीको बयान लिने क्रम जारी छ । चौधरीको बयान सकिए लगत्तै अर्का प्रतिवादी रामशरण केसीको बयान लिन थालिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो । अहिलेसम्म ९ प्रतिवादीको बयान लिइसकिएको छ । केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, टंककुमार गुरुङ, सन्देश शर्मा, इन्द्रजित राई, नरेन्द्र केसी र गोविन्द चौधरीको बयान लिने काम सम्पन्न भइसकेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी छन् । तीमध्ये १७ जना पक्राउ परिसकेका छन् भने १३ जना फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप