डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी
काठमाडौँ । नेपालमा डीटीएच सेवा प्रदान गरिरहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिकी गुणस्तर मापदण्ड रेजिटेकले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरीक्षण गरी डिश मिडिया नेटवर्क लाई आइएसओ प्रदान गरेको हो ।
स्याटेलाइट टेलिभिजनमार्फत नेपालको कुना काप्चामा गुणस्तरीय सेवा प्रदान गरी रहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ । यस्तै हालसालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि सञ्चालनमा ल्याएको छ ।
नेपालको पेटिभी इन्डस्ट्रीमा आमूल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले आफ्नो ग्राहकहरू उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मूल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवालाई अझ सहज बनाउन देशै भरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र सञ्चालन गरिरहेको छ ।
उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनको कारणले गर्दा नै कम्पनीले आइएसओ प्रमाणीकरण प्राप्त गर्न सफल भएको हो । समय अनुसारको प्रविधि प्रयोग गरी कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवालाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण