डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी

काठमाडौँ । नेपालमा डीटीएच सेवा प्रदान गरिरहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिकी गुणस्तर मापदण्ड रेजिटेकले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरीक्षण गरी डिश मिडिया नेटवर्क लाई आइएसओ प्रदान गरेको हो ।
स्याटेलाइट टेलिभिजनमार्फत नेपालको कुना काप्चामा गुणस्तरीय सेवा प्रदान गरी रहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ । यस्तै हालसालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि सञ्चालनमा ल्याएको छ ।
नेपालको पेटिभी इन्डस्ट्रीमा आमूल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले आफ्नो ग्राहकहरू उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मूल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवालाई अझ सहज बनाउन देशै भरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र सञ्चालन गरिरहेको छ ।
उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनको कारणले गर्दा नै कम्पनीले आइएसओ प्रमाणीकरण प्राप्त गर्न सफल भएको हो । समय अनुसारको प्रविधि प्रयोग गरी कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवालाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको चन्द्र अभियानमा ठुलो धक्का, चन्द्रमामा दुर्घटनाग्रस्त भयो निजी ल्यान्डर
-
‘एउटै पालिकाले ३ हजारदेखि ५ हजारसम्म आयोजना इन्ट्री गरे’
-
नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक चालु अधिवेशनमै संसदमा लैजान्छौँ: सभापति खतिवडा
-
नेता र सांसदको गोजीबाट निस्कने ‘चिर्कटो’ अब योजना बैंकतिर
-
रोहित शर्मा भन्छन्, ‘टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि नराम्ररी बुवाको गाली खाएँ’
-
अनुकूल न्यायाधीश खोज्ने प्रयास, चार पटक सारियो पेसी