शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री प्रचण्डद्वारा भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग शिष्टाचार भेट

बिहीबार, १८ जेठ २०८०, १७ : ४२
बिहीबार, १८ जेठ २०८०

नयाँ दिल्ली । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

भारत भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनपछि प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गरेका हुन् । राष्ट्रपति मुर्मुसँगको भेटवार्ताअघि प्रधानमन्त्री प्रचण्डले भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । दुवै भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा कुराकानी भएको छ ।

prachanda-jagadeep

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप