भारत भ्रमण
ढाका टोपी लगाएर मध्य प्रदेशका मुख्यमन्त्री चौहानले गरे प्रचण्डसँग भेट
शुक्रबार, १९ जेठ २०८०, १२ : ०१

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मध्य प्रदेशको इन्दौर पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका छन् । सो अवसरमा मुख्यमन्त्री चौहानले ढाका टोपी लगाएका थिए ।
भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, आपूर्ति मन्त्री रमेश रिजाल लगायत सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली इन्दौरबाट उज्जैनका लागि प्रस्थान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण