भारत भ्रमण
ढाका टोपी लगाएर मध्य प्रदेशका मुख्यमन्त्री चौहानले गरे प्रचण्डसँग भेट
शुक्रबार, १९ जेठ २०८०, १२ : ०१
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मध्य प्रदेशको इन्दौर पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका छन् । सो अवसरमा मुख्यमन्त्री चौहानले ढाका टोपी लगाएका थिए ।
भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, आपूर्ति मन्त्री रमेश रिजाल लगायत सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली इन्दौरबाट उज्जैनका लागि प्रस्थान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण