बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले बैठकबाट चारवटा विशेष प्रस्ताव पारित, नागरिकता विधेयकदेखि आममाफी अस्वीकार गर्ने

शुक्रबार, १९ जेठ २०८०, १८ : ४७
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेले चार वटा विशेष प्रस्ताव पारित गरेको छ । 

शुक्रबार बसेको एमाले सचिवालय बैठकले निष्क्रिय नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै यो संविधानको उल्लघन भएको भनेको छ । साथै यसको सशक्त विरोध गर्ने पनि एमालेले जनाएको छ । 

गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषीलाई आम माफी दिएकोमा पनि एमाले आपत्ति जनाएको छ । 

जेठ १५ मा पेश भएको बजेटले मुलुकको समस्या समाधान नगर्ने तथा हुलाक कार्यालय खारेज गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप