प्रधानसेनापतिद्वारा काजी वंशराज पाँडे सत्तल उद्घाटन
काठमाडौँ । नेपाली सेनाको ‘क्युआइपी’ अन्तर्गत उपत्यका पृतना हेटक्याटरले काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित मनकामना मन्दिर परिसरमा निर्माण गरेको काजी वंशराज पाँडे सत्तलको आज प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे ।
श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको अगुवाइमा नेपाल एकीकरण अभियानअन्तर्गत कीर्तिपुरको लडाइँमा विसं १८१४ ज्येष्ठ १९ गते वीरगती प्राप्त गर्नुभएका काजी कालु पाँडेको स्मृति दिवसको अवसरमा प्रधान सेनापतिले सोही स्थानमा रहेको उहाँको स्मारकमा माल्यार्पण पनि भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का, रथीबृन्द, अधिकृत, स्थानीय जनप्रतिनिधिका साथै काजी कालु पाँडे, काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका पदाधिकारीको उपस्थिती थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण