बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर सिटीले जित्यो एफए कपको सातौं उपाधि

आइतबार, २१ जेठ २०८०, ०६ : ४४
आइतबार, २१ जेठ २०८०

काठमाडौं । एफए कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । म्यानचेस्टर सिटीले शनिबार खेलिएको फाइनलमा चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २—१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

म्यानचेस्टर सिटीको प्रतिस्पर्धात्मक जितमा जर्मन मिडफिल्डर इल्के गुन्डोगन नायक बने । टोलीका लागि दुबै गोल ३२ वर्षीय गुन्डोगनले नै गरेका थिए । उनले खेल सुरु भएको पहिलो मिनेटमै टोलीलाई अग्रता दिलाएका थिए ।

निर्धारित समयको ३३औं मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले जवाफी गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । त्यसपछि पहिलो हाफ १—१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको ५१औं मिनेटमा गुन्डोगनले ब्यक्तिगत रुपमा दोस्रो गोल गरेपछि म्यानचेस्टर सिटी च्याम्पियन बन्यो । म्यानचेस्टर सिटीले सातौं पटक एफए कपको उपाधि जितेको हो । जारी सिजनमा म्यानचेस्टर सिटीले जितेको यो दोस्रो महत्वपूर्ण उपाधि हो ।

यसअघि म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि पनि चुमेको थियो । अब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनल खेल्न बाँकी छ । च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीले इटालियन सिरिए क्लब इन्टर मिलानसँग भिडन्त गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप