म्यानचेस्टर सिटीले जित्यो एफए कपको सातौं उपाधि
काठमाडौं । एफए कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । म्यानचेस्टर सिटीले शनिबार खेलिएको फाइनलमा चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २—१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
म्यानचेस्टर सिटीको प्रतिस्पर्धात्मक जितमा जर्मन मिडफिल्डर इल्के गुन्डोगन नायक बने । टोलीका लागि दुबै गोल ३२ वर्षीय गुन्डोगनले नै गरेका थिए । उनले खेल सुरु भएको पहिलो मिनेटमै टोलीलाई अग्रता दिलाएका थिए ।
निर्धारित समयको ३३औं मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले जवाफी गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । त्यसपछि पहिलो हाफ १—१ गोलको बराबरीमा सकिएको थियो ।
खेलको ५१औं मिनेटमा गुन्डोगनले ब्यक्तिगत रुपमा दोस्रो गोल गरेपछि म्यानचेस्टर सिटी च्याम्पियन बन्यो । म्यानचेस्टर सिटीले सातौं पटक एफए कपको उपाधि जितेको हो । जारी सिजनमा म्यानचेस्टर सिटीले जितेको यो दोस्रो महत्वपूर्ण उपाधि हो ।
यसअघि म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि पनि चुमेको थियो । अब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनल खेल्न बाँकी छ । च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीले इटालियन सिरिए क्लब इन्टर मिलानसँग भिडन्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण