भग्यश्रीले भनिन् - फेरि बोलाउनुस् सपरिवार नेपाल आउछु
काठमाडौँ । बलिउड अभिनेत्री भाग्यश्रीले आफु नेपाल बारम्बार आउने बताएकी छन् । नेपाल सुन्दर देश भएको र सुन्दरताका कारण विश्वमा चिनिएको समेत उनको धारणा रहेको थियो । आइतबार काठमाडांैमा आयोजित छैटौँ ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा अतिथिको रुपमा सहभागी उनले नेपाल सुन्दर देश भएपनि आफुले थोरै मात्र अवलोक गर्न पाएको गुनासो पोखिन् ।
‘नेपालको सुन्दरता मैले थोरै मात्र अवलोकन गर्न पाएको छु’ उनले भनिन् ‘फेरि बोलाउनुस् । म पुरै परिवार लिएर आउन चाहन्छु ।’ उनले अव नेपाल आउने जाने क्रम बारम्बार चलिरहने समेत बताएकी छिन् ।
‘भारतको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ नेपालमा आयोजना राम्रो हो ।
यसले दुई देशको कलासंस्कृति आदानप्रदानमा महत्वपुर्ण भुमिका खेल्छ’ उनले थपिन् । कार्यक्रममा सहभागी हुन भाग्यश्री शनिबार मध्यान्न नेपाल आएकी थिइन् । कार्यक्रममा सहभागी अगाडि आइतबार उनले पशुपतिनाथको दर्शन समेत गरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण