आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भग्यश्रीले भनिन् - फेरि बोलाउनुस् सपरिवार नेपाल आउछु

सोमबार, २२ जेठ २०८०, ०८ : ३३
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । बलिउड अभिनेत्री भाग्यश्रीले आफु नेपाल बारम्बार आउने बताएकी छन् । नेपाल सुन्दर देश भएको र सुन्दरताका कारण विश्वमा चिनिएको समेत उनको धारणा रहेको थियो । आइतबार काठमाडांैमा आयोजित छैटौँ ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा अतिथिको रुपमा सहभागी उनले नेपाल सुन्दर देश भएपनि आफुले थोरै मात्र अवलोक गर्न पाएको गुनासो पोखिन् ।

‘नेपालको सुन्दरता मैले थोरै मात्र अवलोकन गर्न पाएको छु’ उनले भनिन् ‘फेरि बोलाउनुस् । म पुरै परिवार लिएर आउन चाहन्छु ।’ उनले अव नेपाल आउने जाने क्रम बारम्बार चलिरहने समेत बताएकी छिन् ।
‘भारतको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ नेपालमा आयोजना राम्रो हो ।

यसले दुई देशको कलासंस्कृति आदानप्रदानमा महत्वपुर्ण भुमिका खेल्छ’ उनले थपिन् । कार्यक्रममा सहभागी हुन भाग्यश्री शनिबार मध्यान्न नेपाल आएकी थिइन् । कार्यक्रममा सहभागी अगाडि आइतबार उनले पशुपतिनाथको दर्शन समेत गरेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप