रहेनन् महाभारतका ‘शकुनी’
महाभारतमा शकुनी मामाको भूमिका निभाउने गुफी पेन्टलको निधन भएको छ । उनका भतिजो हितेन पेन्टलले बीबीसीसँग उनको निधनको पुष्टि गरेका हुन् ।
हितेनका अनुसार सोमबार बिहान ९ बजे उनको निधन भएको हो । उनी पछिल्लो केही समयदेखि मुटु र मिर्गौलासँग सम्बन्धित समस्यासँग जुधिरहेका थिए । यसै कारण उनलाई अस्पताल भर्ना गरिएको थियो ।
गुफी पेन्टलले सन् १९७५ मा रफू चक्रबाट बलिउडमा डेब्यू गरेका थिए ।
सन् १९८० मा उनले धेरै फिल्म र टिभी सिरियलमा काम गरे तर उनलाई वास्तविक पहिचान सन् १९८८ मा बीआर चोपडाको महाभारतबाट मिलेको थियो ।
शकुनीको भूमिका निर्वाह गर्नु बाहेक, गुफीले ‘महाभारत’ को लागि कास्टिङ डाइरेक्टर र प्रोडक्सन डिजाइनरको भूमिका पनि निभाएका थिए ।
‘खुट्टा भाँचिदिन्छु’
बीबीसीसँगको कुराकानीमा गुफी पेन्टलले एउटा रमाइलो घटना सेयर गरेका थिए ।
‘म तपाईंलाई एउटा रोचक घटना सुनाउँछु, मेरो शकुनीको चरित्र लडखडाएर हिँड्ने गर्दथ्यो भन्ने तपाईंलाई थाहै होला ।’
‘जब ‘महाभारत’ प्रसारण भइरहेको थियो, त्यति बेला मलाई फ्यानबाट दैनिक हजारौँ चिठ्ठी आउँथ्यो ।’
‘त्यसै गरी मैले एक जना सज्जनको चिठ्ठी प्राप्त गरेँ जसमा उनले लेखेका थिए, ‘हे शकुनी! तिमीले धेरै नराम्रो काम गर्यौ । तिमीले पाण्डव र कौरवहरूबीच दरार पैदा गरायौ । तिमीले उनीहरूलाई जुवा खेल्न लगायौ । तिमीले द्रौपदीको चीर हरण गर्यौ । यहाँसम्म कि हाम्रो भगवान् कृष्णको कुरा पनि मानेनौ र युद्ध गरायौ । यदि अर्को एपिसोडसम्म युद्ध रोकिएन भने, म तिम्रो अर्को खुट्टा पनि भाँचिदिन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण