अमृतादेवी अग्रहरीको प्रश्न : प्रधानमन्त्रीज्यू, कपिलवस्तु र लुम्बिनी साँच्चै बेच्नुभएको हो ?
काठमाडौँ । सांसद अमृतादेवी अग्रहरीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बेला भारतको संसदमा राखेको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तु रहेकोप्रति प्रधानमन्त्रीले ध्यानाकर्षण नगरेकोमा आपत्ति जनाएकी छिन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै लुम्बिनी र कपिलवस्तु साँच्चै बेचेको कारण त्यसबारे नबोलेको हो भन्दै टिप्पणी गरिन् । सांसद अग्रहरीले भनिन्– ‘प्रधानमन्त्रीज्यू देश रहेन भने कहाँ राजनीति गर्नुहुन्छ ? तपाई भारत जानुभन्दा पहिला नै सुन्नुभएको थियो, कपिलवस्तु, लुम्बिनी लगायत नेपालका भूभाग भारतको नक्सामा समावेश गरिएको छ । तपाईले अहिले जति भनाई रोष्टमबाट दिनुभयो, त्यो सबै गौण थियो । कपिलवस्तु, लुम्बिनी लगायत अन्य भूभागको विषयमा तपाई एक शब्द बोल्न सक्नुभएन । कतै कपिलवस्तु र लुम्बिनी तपाईहरुले बेचेको त हैन ? नत्र तपाई किन रोष्टमबाट बोल्न सक्नुभएन ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण