‘ओ मेरो राजा जी’मा हट मोनिकाकासँग रोमान्टिक पुष्प
सोमबार, २२ जेठ २०८०, १५ : ००
काठमाडौँ । गायक सन्तोष सुनार र गायिका विन्दु परियारले ‘ओ मेरो राजा जी’ बोलको गीत ल्याएका छन् । सन्तोष सुनारकै शब्द तथा कम्पोजमा रहेको गीतको भिडियो पनि बनेको छ ।
भिडियोमा नायक पुष्प खड्का र मोडल मोनिका बुढाथोकीको रोमान्स देख्न सकिन्छ । विक्रम स्वारको निर्देशन रहेको भिडियोमा जश्भिर स्वार र विक्रम स्वारको कोरियोग्राफी छ ।
मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा मोनिका भने निकै हट देखिएकी छिन् । उनीसँगै पुष्प पनि रोमान्टिक मुडमा भिडियोमा प्रस्तुत भएका छन् ।
गीतमा केटा र केटीले एक अर्कालाई रानी र राजा भन्दै सम्बोधन गरेको सुन्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण