संसद्मा प्रधानमन्त्रीको जवाफ : राष्ट्रपतिलाई ‘यो विधेयक तपाईंको दराजमा छ हेर्नुहोस् त भनेको मात्र हो’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो संसदबाट पारित भएर राष्ट्रपति कार्यालयमा प्रमाणीकरण नभई बसेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्ले सिफारिस नगरी अनुरोध मात्र गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संसदबाट पारित भइरहेको विधेयक प्रमाणीकरण गर्न मन्त्रिपरिषद्ले सिफारिस गर्न नसक्ने तर त्यो विधेयक प्रमाणीकरण हुन बाँकी छ भनेर देखाउने काम गरेको उल्लेख गरे । उनले धेरै पटक संविधानविद् कानुनविद्सँग छलफल गरेर सरकारले सो अनुरोध गरेको जानकारी गराए ।
उनले भने–‘ संसदले पास गरेको र प्रमाणीकरण नभएको विधेयक राष्ट्रपति कार्यालयमा विचाराधीन छ भनेर जानकारी गराएको मात्र हो । औपचारिक जानकारी कसले गराउन सजिलो र वैधानिक हुन्छ भन्दा त्यो सरकारको हो । यो अरूजस्तो विधेयक हैन, प्रतिनिधिसभामा पारित भएको, राष्ट्रियसभामा पारित नभएको जस्तो पनि हैन । वा दुवैबाट मात्र नभएको वा प्रस्तुत मात्र भएको वा अर्को संसद् आएपछि स्वतः जिरोमा जाने प्रकारको विधेयक पनि यो हैन । यो बिधेयको स्थिति विशिष्ट रह्यो । यो विधेयक तपाईँको दराजमा छ हेर्नुहोस् त भनेको मात्र हो ।’
उनले फेरी त्यो विधेयक संसद्मा प्रस्तुत गर्यो र पारित भएपछि राष्ट्रपतिले रोक्दै जाने हो संविधानको के अवस्था हुन्छ भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माता रामप्रसाद रिजाल अस्पताल भर्ना
-
यस्तो छ फिल्म ‘दिमाग खराब’ को नयाँ गीत
-
बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने तयारी, बाँदरबारे निर्देशन चाहिने
-
शिव शिखर सहकारीको अत्तरिया सेवा केन्द्र सिल, कैलालीबाट ३५ सय बढीले दिए उजुरी
-
हेमन्तको ‘निरजाले’ मा आश्मा र सुनिलको अभिनय
-
दसैँमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ–के ल्याउन पाइन्छ, के पाइँदैन ?