मार्क्यु : नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड
काठमाडौँ । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बाइकिङबाट सामाजिक कार्यमा सहयोग पुर्याउने र युवाहरूलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी समूहका रूपमा अपाचे अनर्स ग्रुप (एओजी) लाई अघि बढाइरहेको छ । यसैबीच एओजी ग्रुपले नेपालमा पहिलो पटक पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गरेको छ ।
‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको माइसोरमा रहेको टीभीएसको फ्याक्ट्रीसम्म पुग्ने लक्ष्य राखेको मार्क्यु राइडमा १० जना नेपाली राइडरहरुको सहभागिता रहेको थियो । राइडमा सहभागी हुने राइडरहरु बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यबाट सक्रिय युवाहरू थिए भने राइडका लागि टीभीएस अपाचे सिरिजका १६०, २०० र ३१० सीसीका मोटरसाइकलको प्रयोग गरिएको थियो ।
उक्त राइडमा नेपाललगायत भारत र बंगलादेशका थुप्रै राइडरहरु सहभागिता जनाएका थिए । फागुन ११ गते काठमाडौँ बाट रक्सौल हुँदै भारत प्रवेश गरेर सुरु भएको २२ दिने लामो त्यस यात्राका राइडरले भारतको प्रख्यात मोटो सोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टीभीएसको फ्याक्ट्री को पनि भ्रमण गर्ने पनि मौका पाए ।
फागुन ११ गते काठमाडौँबाट सुरु भएको २२ दिने मार्क्यु राइड भारतको रक्सौल, गया, राउरकेला, छत्तिसगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, माईसुरु, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौँमै आएर समाप्त भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण