बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटमाथि सामान्य छलफल प्रारम्भ

सोमबार, २२ जेठ २०८०, १७ : ५०
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।  

बैठकमा उक्त छलफलमाथि सांसदहरूले दलीय आधारमा आफ्ना धारणा व्यक्त गरिरहेका छन् । मन्त्री डा महतले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप