छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराउने विद्यालयको स्वीकृति रद्द गर्ने महानगरको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति तथा स्वीकृति रद्द गर्ने चेतावनी दिएको छ ।
आज एक सूचना प्रकाशित गर्दै महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित कारबाही प्रक्रिया अघि बढाउने बताएको हो । आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि सूचना मार्फत दिइएको छ ।
सूचनामा भनिएको छ– 'काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयले जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने ब्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । '

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण