नबिल सेक्युरिटिजसहित थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई धितोपत्र दलाल (सेयर ब्रोकर) लाइसेन्स प्रदान गरेको छ । यसअघि ब्रोकरलाइसेन्सका लागि आवेदन दिएर आशयपत्र समेत पाएका ११ कम्पनीलाई बोर्डले सोमबार ब्रोकर कारोबारको अन्तिम अनुमति दिएको हो ।
बोर्डका अनुसार ब्रोकर लाइसेन्स पाउनेहरुमा नबिल बैंक (नबिल सेक्युरिटिज) सहित ११ कम्पनीहरू रहेका छन् । एलिट स्टक हाउस लि, एन्फिनिटी सेक्युरिटिज लि, डन्डेक्स सेक्यूरिटिज लि, शुभकामना सेक्युरिटिज प्रा.लि.ले सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन् ।
यस्तै, हातमालो फाइनान्सिङ सर्भिसेस प्रा.लि, मनि वर्ल्ड शेयर एक्सचेञ्ज प्रा.लि, माछापुच्छ्रेे सेक्युरिटिज लि, के.वि.एल. सेक्युरिटिज लि. र कलश स्टक मार्केट प्रा.लिले पनि सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन् ।
यता मेघा स्टक मार्केट्स लि.ले पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएको छ भने नबिल बैङ्कद्वारा सञ्चालित नबिल सेक्युरिटिज लि.ले धितोपत्र व्यापारीको अनुमति पाएको छ ।
सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेर आशयपत्र पाएका ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण