पहिलो सिजनमै चर्च ब्वाइज बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन (तस्बिरहरु)
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । चर्च ब्वाइज ‘ए’ डिभिजनमा नवप्रवेशी क्लब हो । ‘बी’ डिभिजनबाट उक्लिएर माथिल्लो श्रेणीको लिग खेलेको पहिलो सिजनमै चर्च ब्वाइजले ‘ए’ डिभिजनको उपाधि चुमेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो । मंगलबारको खेलअघि चर्च ब्वाइजलाई उपाधि जित्न केवल एक अंक आवश्यक थियो । चर्च ब्वाइज लिगको एक खेल बाँकी रहँदै च्याम्पियन बनेको हो ।
चर्च ब्वाइजले ’बी’ लिगबाट बढुवा भएकै सिजन ’ए’ डिभिजन लिग जित्दै मनाङ मर्स्याङ्दी क्लबको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेको छ । यसअघि मनाङले २०४३ सालमा ‘बी’ डिभिजनबाट माथि उक्लिएकै सिजनमा ‘ए’ डिभिजन लिगको उपाधि जितेर कीर्तिमान बनाएको थियो ।
चर्च ब्वाइज २५ खेलबाट ४५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । चर्च ब्वाइज दोस्रो स्थानको मछिन्द्रभन्दा ६ अंकले अगाडि छ । अब बाँकी दुबै खेल जितेपनि मछिन्द्र हेड टु हेडमा पछि पर्नेछ । मछिन्द्रले २४ खेलबाट ३९ अंक जोडेको छ । थ्री स्टार २५ खेलबाट २९ अंक बटुल्दै तालिकाको १२औँ स्थानमा छ ।
_8hC7rvbGGC.jpg)
_qAmV38BfE1.jpg)
_3LC1lRpq2x.jpg)
_brbBWp8VjJ.jpg)
_v4i8RDg5dE.jpg)
_npB19OU4d8.jpg)
_y6kLEt2pvZ.jpg)
_m8wA20uhvO.jpg)
_QLIZ4563vG.jpg)
_F2dabxnxBK.jpg)
_KDOvokYqBW.jpg)
_ZiDYaGs32Z.jpg)
_yjloGZCvFU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण