गाडीको ठक्करबाट काभ्रेमा पैदलयात्रुको मृत्यु
बुधबार, २४ जेठ २०८०, ०८ : १५
काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।
काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो । सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए।
गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण