प्रतिनिधिसभा सदस्यको संख्या १६५ बनाउन सांसद देवकोटाको माग
काठमाडौँ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधिसभा सदस्यको संख्या घटाउन प्रस्ताव गरेका छन् ।
बुधवार बसेको राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल गर्दै उनले प्रतिनिधिसभा धेरै ठूलो भएको र संख्याले पनि व्यवस्थापन गर्न गाह्रो भएको भन्दै संख्या घटाउने गरी संविधान संशोधनको विधि अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।
सांसद देवकोटाले प्रतिनिधिसभा सदस्यको संख्या १६५ मा मात्रै सीमित गर्न सुझाव दिए । उनले बजेट संघीयताको दृष्टिले सन्तोषजनक नरहेको बताए । प्रदेश र स्थानीय तहले पाउनुपर्ने अनुदान घटाइनु, चिहानमा पुगिसकेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई अघि बढाउनु गलत रहेको उनले बताए ।
सदस्य देवकोटाले मन्त्रालयको विनियोजन हेर्दा दुई तिहाइभन्दा बढी मन्त्रालयको बजेट केन्द्रीकृत सोच र मानसिकताबाट बनेको पुष्टि हुने बताए ।
(यसअघि फोटो अन्यथा गएकाले क्षमाप्रार्थी छौं )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण