प्रधानमन्त्रीको भारत भ्रमणलाई निजी भ्रमण भन्नु आपत्तिजनक : सांसद बजगाईँ
बुधबार, २४ जेठ २०८०, २१ : ४२
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा दिएको अभिव्यक्ति आपत्ति जनक रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पूर्व प्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेताले प्रधानमन्त्रीको भारत भ्रमण निजी भ्रमण भएको भन्नु आपत्ति जनक रहेका बताएका हुन् ।
सांसद बजगाईँले भारत सरकारले दिएका भैँसीमाथि प्रहार गर्नु भैँसी पाल्ने किसानको अपमान गर्नु भएको बताएका छन् । उनले भारतले मूर्रा भैँसी नश्ल सुधारका लागि दिएको बताए ।
सांसद बजगाईँले नेपालमा जनमोर्चा र नेमकिपा बाहेक सबै दल भारतीय पक्षसँग सहकार्य गरिरहेको बताए । चीन नेपालको मित्रराष्ट्र भएपनि छिमेकी परिवर्तन गर्न नसकिने बताए । उनले सीमा समस्या भएका संसद्ले सधैँ एकता प्रदर्शन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण