आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास

बिहीबार, २५ जेठ २०८०, ११ : ३१
बिहीबार, २५ जेठ २०८०

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धारको अभ्यास गरिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यलय महोत्तरीको पहलमा प्रदेशस्तरीय जल उत्पन्न प्रकोप सम्बन्धी संयुक्त रूपमा उद्धार अभ्यास सम्पन्न भएको हो । 

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतित्थ्यमा सम्पन्न अभ्यास कार्यक्रममा नम्बर २ छिन्न्मस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, प्रदेशस्थित अन्य सुरक्षा निकायका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, रेडक्रसलगायत विपद् व्यवस्थापनमा सरोकार राख्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल र अन्य सुरक्षा निकायले संयुक्त रूपमा जल उत्पन्न प्रकोप उद्धार सम्बन्धी डेमो प्रदर्शन गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप