आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेसपाको केन्द्रीय समिति बैठक भक्तपुरमा

बिहीबार, २५ जेठ २०८०, १३ : ५८
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी, (नेसपा) को केन्द्रीय समिति बैठक भक्तपुरमा सुरु भएको छ  ।  बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने  नेसपाका अध्यक्ष  डा बाबुराम भट्टराईले जानकारी दिए ।

बैठकमा अध्यक्ष डा भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नुहुने जनाइएको छ । ‘अबको राष्ट्रको सङ्कल्प नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन् । यसका साथै साङ्गठनिक प्रस्ताव पनि बैठकमा पेस हुने जनाएको छ ।  बैठक भोलिसम्म चल्ने सो पार्टीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप