सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध सामान र गाडी प्रहरी नियन्त्रणमा

बिहीबार, २५ जेठ २०८०, २० : ४५
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । अवैध सामान र बेवारिसे अवस्थामा फेला परेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगर नगरपालिका ६ बाट उक्त सामान र गाडी नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब दुई लाख ४४ हजार बराबरको विन चिटर १७० पिस र ट्राउजर ४० पिस बरामद गरी आवश्यक कारबाहीको लागि  मेची भन्सार कार्यालय पठाइएको छ । 

यस्तै बेवारिसे अवस्थामा फेला परेको मे१च ७९४६ नम्बरको बोलेरो गाडी पनि नियन्त्रणमा लिएर कारबाहीका लागि मेची भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप