भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशी प्रदेश सरकारको सहयोग
उदयपुर । कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित विभिन्न उपकरण सहयोग गरेको छ । उक्त सामुदायिक सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको हाताभित्र सञ्चालनमा छ ।
कोशी प्रदेश सरकारले भेन्टिलेटरसँगै अक्सिजन सिलिण्डर पाँच थान र पल्स अक्समिटर डिजिटल दुई थान सहयोग गरेको सर्पदंश उपचार व्यवस्थापन समितिका अध्यक्ष पवित्रा गिरीले जानकारी दिए । उक्त सामग्री र उपकरण कोशी प्रदेशका स्वास्थ्य तथा खानेपानीमन्त्री तिलकुमार मेन्याङ्बो (लिम्बू)ले समितिका अध्यक्ष गिरीलाई हस्तान्तरण गरे।
सर्पदंश उपचार केन्द्रलाई चाँडै एम्बुलेन्स हस्तान्तरण गर्न लागिएको मन्त्री मेन्याङ्बोले बताए । उनले कोशी प्रदेशका सबै अस्पताल र सामुदायिक उपचार केन्द्रलाई प्रदेश सरकारले स्तरोन्नति गरेर भौतिक तथा प्राविधिकरूपमा दक्ष तथा व्यवस्थित बनाउने योजना प्रदेश सरकारको रहेको बताए ।
कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले जनतासँग प्रत्यक्ष जोडिने स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताइन् । सर्पदंश उपचार केन्द्रले प्रवाह गरेको सेवाको प्रशंसा गर्दै उनले आगामी दिनमा सेवालाई थप विस्तार गर्नसमेत आग्रह गरिन् ।
विसं २०६८ भदौ १७ गतेदेखि सञ्चालनमा ल्याइएको भुल्केको सर्पदंश उपचार केन्द्रमा हालसम्म कुनै अप्रिय घटना नभएको र हालसम्म उत्कृष्ट सेवा प्रवाह भइरहेको उपचारमा संलग्न नेपाली सेनाका सहसेनानी डा मनिष यादवले बताए। अनुसार पछिल्लो चार वर्षको अवधिमा क्रमशः विसं २०७६ मा दुई सय ९६, २०७७ मा तीन तीन सय ७३, २०७८ मा चार सय २६ र २०७९ मा चार चार सय २५ जना उपचारपछि स्वस्थ्य भई घर फर्किएको डा यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण