मुलुकको शोधनान्तर स्थिति : सवा २ खर्ब बचत, यस्तो छ आर्थिक परिदृश्य (पूर्ण पाठसहित)
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनासम्म आइपुग्दा मुलुकको शोधनान्तर स्थिति सवाँ २ खर्ब हाराहारी बचतमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार वैशाख मसान्तसम्म मुलुकको ब्यालेन्स अफ पेमेन्ट (बीओपी) २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको हो ।
यस्तो शोधानान्तर स्थिति अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा२ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको बैङ्कले जनाएको छ ।
यस्तै गत आर्थिक वर्षको तुलनामा यस वर्ष मुलुकको चालु खाता घाटामा समेत सुधार आउँदै ५४ अर्ब ६७ करोड रुपैयाँमा झरेको केन्द्रीय बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्म मुलुकको चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा रहेको थियो । यस्तो घाटा अघिल्लो वर्ष अमेरिकी डलरमा ४ अर्ब ५५ करोड रहेको थियो ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.५ प्रतिशतले कमी आई रु.६ अर्ब ३६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रुपैयाँ मात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ९९ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड रहेको थियो ।
२०८० वैशाख महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फसिलिटी अन्तर्गत दोस्रो किस्ता बापतको ६ अर्ब ८८ करोड रुपैयाँ (अमेरिकी डलर ५ करोड २७ लाख) प्राप्त भएको राष्ट्र बैङ्कले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण