शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली बास्केटबल टोलीले माल्दिभ्समा फाइभ नेसन्स च्याम्पियनसिप खेल्ने

शुक्रबार, २६ जेठ २०८०, १७ : ११
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । नेपालले माल्दिभ्समा आयोजना हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । नेपाल बास्केटबल संघले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो सहभागिताको विषयमा जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालसँगै आयोजक माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहने बताइएको छ । प्रतियोगिता जुन १४ देखि २२ तारिखसम्म सञ्चालन हुनेछ । लिगको आधारमा खेलाइने उक्त प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि भिडन्त गर्नेछन् ।

नेपाली टोलीका कप्तान सदिश प्रधानले प्रतियोगिताको तयारी राम्रो भएको बताए । नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि उनले ब्यक्त गरे । नेपाली टोलीमा सदिश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश रखालमगर, मविन्द्र भण्डारी, अजय कुशवाह, दिभेशवर साह, आयुष सिंह, निश्चल महर्जन र मनिस केसी रहेका छन् ।

नेपाली टोलीको प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ छन् । नेपाली टोलीको ब्यवस्थापकमा भने सुशील रहेका छन् । संघका कार्यवाहक अध्यक्ष भिमसिंह गुरुङले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिए । नेपाली टोली सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप