नेपाली बास्केटबल टोलीले माल्दिभ्समा फाइभ नेसन्स च्याम्पियनसिप खेल्ने
काठमाडौँ । नेपालले माल्दिभ्समा आयोजना हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । नेपाल बास्केटबल संघले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो सहभागिताको विषयमा जानकारी दिएको हो ।
प्रतियोगितामा नेपालसँगै आयोजक माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहने बताइएको छ । प्रतियोगिता जुन १४ देखि २२ तारिखसम्म सञ्चालन हुनेछ । लिगको आधारमा खेलाइने उक्त प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि भिडन्त गर्नेछन् ।
नेपाली टोलीका कप्तान सदिश प्रधानले प्रतियोगिताको तयारी राम्रो भएको बताए । नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि उनले ब्यक्त गरे । नेपाली टोलीमा सदिश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश रखालमगर, मविन्द्र भण्डारी, अजय कुशवाह, दिभेशवर साह, आयुष सिंह, निश्चल महर्जन र मनिस केसी रहेका छन् ।
नेपाली टोलीको प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ छन् । नेपाली टोलीको ब्यवस्थापकमा भने सुशील रहेका छन् । संघका कार्यवाहक अध्यक्ष भिमसिंह गुरुङले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिए । नेपाली टोली सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण