ट्रेड युनियन कांग्रेस बागमती प्रदेश अध्यक्षमा लिलानाथको उम्मेदवारी
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको अध्यक्षमा लिलानाथ चौलागाईँले उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार राजधानीको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमकाबीच उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
यही जेष्ठ २८ र २९ गते दोस्रो प्रदेश अधिवेशन हुँदैछ। ट्रेड युनियन बागमतीका वर्तमान उपाध्यक्ष समेत रहेका चौलागाईंले बागमती प्रदेश नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
सिन्धुपाल्चोक स्थायी घर भएका चौलागाईं विगत लामो समयदेखि मजदुरको हक तथा पेशागत अधिकारका लागि संगठनमार्फत सक्रिय भूमिका निभाउँदै आएका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका उनी नेविसंघ जिल्ला सहसचिव बनेका थिए।
त्यस्तै, उनी काठमाडौंको महेन्द्ररत्न क्याम्पस, ताहाचलका विद्यार्थी नेता हुन्। शिक्षक पेशामा आवद्ध चौलागाईं त्यसपछि ट्रेड युनियनमा आबद्ध भई काम गर्दै आएका छन्।
उनले ट्रेड युनियन सिन्धुपाल्चोकको सचिवको भूमिकामा रहेका पनि जिम्मेवारी निभाइसकेका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य समेत बनिसकेका चौलागाईं हाल पार्टीको बागमती प्रदेश प्रतिनिधि पनि हुन्।
उम्मेदवारी घोषणा सभामा उनले ट्रेड युनियन मातहतमा रहेका संगठनहरूलाई चुस्त दुरुस्त बनाउन सक्रिय भूमिका खेल्ने बताए।
आफूले जितेपछि सबैका व्यक्तिगत चाहना पूरा गर्न नसकेपछि सामूहिक चाहना पूरा गर्न लागिपर्ने उनले बताए।
अघिल्लो अधिवेशनबाट निर्वाचित बागमती ट्रेड युनियनका अध्यक्ष विनोद कार्की सवारी दुर्घटनामा देहावसान भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी घनश्याम चापागाईँले सम्हाल्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण