गर्मी छल्न भारतीय पर्यटक त्रिखण्डीमा
हेटौंडा । पछिल्लो समय बढेको गर्मी छल्न भारतदेखिका पर्यटकहरु त्रिखण्डी आएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–१ अन्तर्गत रहेको आन्तरिक पर्यटकीय गन्तव्यको रुपमा रहेको त्रिखण्डामा अहिले भारतीय पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।

त्रिभूवन राजपथ अन्तर्गतको सडक छेउमा रहेको त्रिखण्डेश्वर महादेव मन्दिर र मन्दिरलाई बीचमा बनाएर बगेको राप्ती खोलामा नुहाउन र गर्मी छल्न पछिल्लो एक सातायता विशेष गरी भारतीय पर्यटकको लर्को लाग्ने गरेको छ । पर्यटकको चापका कारण समान्य चौरलाई संरक्षण गरी निर्माण गरीएको भनभोज स्थलहरु भरिभराउ हुने गरेका छन् ।
शनिबारको करिब ४० डिग्री सेल्सीयसको चर्को घामबाट जोगिन भारतको रक्सौल लगायतका क्षेत्रबाट पर्यटकहरु त्रिखण्डीमा आएका थिए । दिनप्रति दिन बढ्दो तापमानबाट जोगिन हेटौंडा आसपासका क्षेत्र सहितका मानिसहरु त्रिखण्डी पुग्ने गरेका छन् ।
चिसो मौसम र कुलेखानी जलविद्युत आयोजनाको आउट लेटबाट निस्किएको चिसो पानीमा खेलेर उनीहरु आन्नदित मुद्रामा देखिन्थे । भारतको विहार राज्यको विभिन्न शहरबाट उनीहरु सो क्षेत्रमा आउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण