गर्मी छल्न भारतीय पर्यटक त्रिखण्डीमा

हेटौंडा । पछिल्लो समय बढेको गर्मी छल्न भारतदेखिका पर्यटकहरु त्रिखण्डी आएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–१ अन्तर्गत रहेको आन्तरिक पर्यटकीय गन्तव्यको रुपमा रहेको त्रिखण्डामा अहिले भारतीय पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।
त्रिभूवन राजपथ अन्तर्गतको सडक छेउमा रहेको त्रिखण्डेश्वर महादेव मन्दिर र मन्दिरलाई बीचमा बनाएर बगेको राप्ती खोलामा नुहाउन र गर्मी छल्न पछिल्लो एक सातायता विशेष गरी भारतीय पर्यटकको लर्को लाग्ने गरेको छ । पर्यटकको चापका कारण समान्य चौरलाई संरक्षण गरी निर्माण गरीएको भनभोज स्थलहरु भरिभराउ हुने गरेका छन् ।
शनिबारको करिब ४० डिग्री सेल्सीयसको चर्को घामबाट जोगिन भारतको रक्सौल लगायतका क्षेत्रबाट पर्यटकहरु त्रिखण्डीमा आएका थिए । दिनप्रति दिन बढ्दो तापमानबाट जोगिन हेटौंडा आसपासका क्षेत्र सहितका मानिसहरु त्रिखण्डी पुग्ने गरेका छन् ।
चिसो मौसम र कुलेखानी जलविद्युत आयोजनाको आउट लेटबाट निस्किएको चिसो पानीमा खेलेर उनीहरु आन्नदित मुद्रामा देखिन्थे । भारतको विहार राज्यको विभिन्न शहरबाट उनीहरु सो क्षेत्रमा आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
-
बागमतीका तत्कालिन मेयरविरूद्ध चौथो मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
-
पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने
-
पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित